महामारीले चितवनमा घटे आधा पर्यटक

८ साउन ७८, शनिबार

९ साउन, चितवन ।
कोरोना संक्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो संख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको संख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क राख्ने गरिएको छैन ।

कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ पर्यटकले निकुञ्ज घुमेका थिए तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका एक हजार ३६४ पर्यटक र अन्य मुलुकका एक हजार २४४ ले निकुञ्ज घुमेको तथ्याङ्क छ ।

Advertisement

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना संक्रमणका कारण पर्यटक आगमनमा कमी आएको बताए । अघिल्लो वर्ष मुख्य सिजनसम्म पर्यटक आएको भए पनि गत वर्षभर नै प्रभावित बनेकाले पर्यटकको संख्यामा कमी आएको उनले जानकारी दिए । गत आवमा विदेशी पर्यटक आउन नपाउँदा संख्यामा निकै कम भएको हो ।

लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमा नै प्रवेश खुलाइने बरालले जानकारी दिए । उनका अनुसार वर्षात्को समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायिक वनका गतिविधि खोलिने छ ।

निकुञ्जमा पर्यटक घटेपछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर दुई करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ सङ्कलन भएको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ ।

ती क्षेत्रबाट अघिल्लो आवमा एक करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट एक करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरी सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटेसँगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ ।

निकुञ्ज र जनताबीचको द्वन्द्व घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ सङ्कलित राजस्वको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो । निकुञ्जमा मुख्यरुपमा हात्तीमा चढेर दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही, चरालगायत हेर्न पर्यटक आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले भूकम्प, नाकाबन्दी, नारायणगढ मुग्लिन सडकको समस्याजस्ता समय समयमा आउने बाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताए । रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top