ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी बाहिरिइन्, भनिन्- सपना देख्नुहुन्छ भने लड्न नछाड्नुहाेस्

९ साउन, काठमाडौं ।
टोकियो ओलम्पिक २०२० की कान्छी खेलाडी हेन्ड जाजा पहिलो खेलबाटै बाहिरिएकी छन्। टेबल टेनिस महिला सिंगलतर्फ शनिबार भएको खेलमा सबैभन्दा कान्छी प्रतिस्पर्धी १२ वर्षीया जाजा अस्ट्रियाकी ३९ वर्षिया लिउ जासँग ४–० को सिधा सेटमा पराजित हुँदै बाहिरिएकी हुन्।

Advertisement

जाले उनलाई ४–११, ९–११, ३–११ र ५–१ को सिधा सेटमा पराजित गरेकी थिइन्। सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा पाँचमध्ये चार खेलमा जित निकाल्दै जाजा ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। उनको उमेर त्यतिखेर ११ वर्ष थियो।

उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५औं स्थानमा छिन्। यसअघि १९६८ को विन्टर ओलम्पिकमा ११ वर्षको उमेरमा बिएट्रिस हुस्तिउले स्केटिङमा प्रतिस्पर्धा गरेकी थिइन्।

Advertisement

१२ वर्षको उमेर र युद्धग्रस्त सिरियाबाट ओलम्पिकसम्म पुग्नु कुनै सानो उपलब्धि होइन, जहाँ प्रशिक्षणका लागि सुरक्षित ठाउँ खोज्नु चुनौतीपूर्ण थियो।

जासँग पराजित भएपछि उनी आँशु बगाउँदै हलबाट बाहिर निस्किएकी थिइन्। जाजाले ओलम्पिकसम्म आइपुग्न आफूले धेरै मिहिनेत गरेको भन्दै सपनाको लागि लड्न नछाड्न सबै खेलाडीलाई आग्रह गरिन्।

Advertisement

उनले भनिन्– ‘जो समान स्थिति हुन चाहन्छ उनीहरु सबैलाई मेरो सन्देश– तपाईं सपना देख्नुहुन्छ भने लड्न नछाड्नुहोस्। कठिनाइहरूको बाबजुद कडा मिहिनेत गर्नुहोस् र त्यसपछि आफ्नो लक्ष्यमा पुग्नुहुन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top