बन्जीजम्प गर्न गएकी युवती डोरी नै नबाँधी हाम्फालिन्, हावामै मृत्यु

९ साउन, काठमाडौँ ।
बन्जीको डोरी नै नबाँधीकन बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । घटना कोलम्बियाको हो ।

पछिल्लो समय मनोरञ्जनको रुपमा खेलिने खेलहरुमा सावधानी नअपनाउँदा यस्तो दुर्घटना हँदै आएको छ । साहसिक खेल मानिने बन्जी जम्पमा पनि सावधानी नअपनाई डोरी नबाँधी हाम फालेपछि ती युवतीको मृत्यु भएको हो ।

समाचार एजेन्सीहरुका अनुसार उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।

बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक गलत इशाराबाट भ्रमित उनले हतारमै हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थलमा पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन्, जबकि उनको खुट्टामा डोरी नै बाँधिएको थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top