गुहेश्वरीमुनिको वाग्मती किनारमा ४२८ औँ हप्ताको सफाइ

८ साउन ७८, शनिबार

९ साउन, काठमाडौँ ।

Advertisement

वाग्मती सफाइ महाअभियानको ४२८ औँ हप्तामा गुहेश्वरीमुनिको नदी किनारमा सफाइसँगै वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका– ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी दुर्गा रावललगायतको सक्रियता थियो ।

सफाइपछि अधिकार सम्पन्न वाग्मतीको कार्यालय परिसरमा साउन महिनाको अवसर पारेर ५० रुद्राक्षका बिरुवा पनि रोपिएको छ । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।

Advertisement

विष्णुमती सफाइको ३६१ औँ हप्तामा टोखा नगरपालिका– ९ मनमैँजु पुलबाट दक्षिण तर्फको भागमा नदीको पर्खालसँगैको भागमा लगाइएका बिरुवाको गोडमेल गरिएको छ । सो अवसरमा सडक पेटीमा सफाइसमेत गरिएको संयोजक शोभकान्त पाण्डेले जानकारी दिए । सफाइमा अभियानकर्मी एवं स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

यसैगरी वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ । वि.सं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top