यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको ‘चाबी’

१० साउन ७८, आइतबार
Share this
802shares

१० साउन, काठमाडौँ ।
यातायात व्यवसायीले विभिन्न माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

Advertisement

त्यसअघि उनीहरुले माइतीघरर्मा याली निकालेका थिए । उनीहरुले भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप माग गर्दै आएका छन् र्। यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो।

उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने बताएका छन् । महासंघद्वारा चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ ।

Advertisement

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि उनीहरुले माग गरेका छन् ।

आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको महासचिव भरत नेपालले बताए । उनले आफुहरुका माग सरकारले सम्बोधन नगरे दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा हुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top