एक वर्षका अवधिमा डेढ खर्ब लगानीका उद्योग दर्ता

१० साउन ७८, आइतबार

१० साउन, काठमाडौँ ।

Advertisement

नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा रु एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा रु ८० करोड लगानी रहेको छ ।

Advertisement

यस्तै, पूर्वाधारका दुई उद्योगमा रु एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा रु १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा रु १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा रु पाँच अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा रु १३ अर्ब ४८ करोड ५ लाख लगानी छ ।

घट्यो उद्योग दर्ता

Advertisement

कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आवमा मा रु एक खर्ब ५२ अर्ब ६२ करोडभन्दा बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।

घट्यो विदेशी लगानी प्रतिबद्धता

कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योगको सङ्ख्यामासमेत कमी आएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा ४० उद्योग कमी हुनाका साथै रु पाँच अर्ब ७८ करोड बराबरको लगानी लगानी घटेको हो। अघिल्लो आवमा २२३ उद्योगका लागि रु ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ उद्योगका लागि रु ३२ अर्ब दुई करोड बराबरको मात्र प्रतिबद्धता आएको विभागले जनाएको छ ।

कुन उद्योगमा कति प्रतिबद्धता ?

गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । क्षेत्रमासमेत १०१ उद्योगका लागि रु १८ अर्ब ३१ करोड बराबरको प्रतिबद्धता आएकोे हो ।

यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि रु ५२ करोड ९० लाख, ऊर्जामा चार उद्योगका लागि रु एक अर्ब ५४ करोड, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि रु दुई अर्ब ९५ करोड, १९ उत्पादनमूलक उद्योगका लागि रु दुई अर्ब ८६ करोड र ४१ सेवामूलक उद्योगका लागि रु पाँच अर्ब ९८ करोड बराबरको प्रतिबद्धता आएको हो ।

उक्त लगानी प्रतिबद्धतासँगै पाँच हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ ।

नयाँ व्यवस्थाअनुसार रु पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम रु पाँच करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top