प्रशिक्षक अल्मुताइरीको राजीनामा बारे अध्ययन गर्दैछौं : एन्फा प्रवक्ता राई

१० साउन ७८, आइतबार

१० साउन, काठमाडौं ।
राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फां) अनौपचारिक छलफलमा जुटेको छ । एन्फाका उपलब्ध पदाधिकारीहरूले अनौपचारिक छलफल गरिरहेको प्रवक्ता किरण राईले बताए ।

Advertisement

प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । एन्फालाई औपचारिक राजीनामा भने आइनसकेको प्रवक्ता राईले बताए ।

उनले भने, ‘उहाँले आफ्नो सामाजिक सञ्जालमा राख्नुभएको छ, हामीले देखेको त्यही नै हो । उहाँले लिखितरूपमा केही बुझाउनुभएको छैन । हामी यस विषयमा बुझिरहेका छौं ।’

Advertisement

औपचारिक राजीनामा आएपछि आवश्यक निर्णय लिने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top