×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

निषेधाज्ञा खुलेपछि डुङ्गा व्यवसायी आशावादी

१० श्रावण २०७८

१० साउन, लेखनाथ ।
दश दिनयता आन्तरिक पर्यटक फाटफुट देखिन थालेपछि बेगनास तालका डुङ्गा व्यवसायीको मुहारमा खुशी देखिन थालेको छ । कोरोना सङ्क्रमणका कारण तीन महीनादेखि ठप्प डुङ्गा व्यवसाय चलायमान हुँदा व्यवसायीको मुहारमा खुशी देखिन थालेको हो ।

विशेषगरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल शुरु हुने गरेको डुङ्गा व्यवसायी चन्द्रा सापकोटा बताउँछन् । “शनिबार ताल वरपर आन्तरिक पर्यटकको चहलपहल बाक्लै देखियो, २० डुङ्गा सञ्चालनमा आए”, डुङ्गा व्यवसायी सापकोटाले भने, “पोखरा तथा वरपर गाउँका मानिस बिदाका दिन परिवारसहित बेगनास तालमा घुम्न आउने क्रम शुरु भएको छ ।”

Advertisement
Advertisement

आन्तरिक पर्यटक नौका बिहार र माछाका परिकार खान बेगनास पुग्ने गर्छन् माछाका परिकारको लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिँदै आएको छ । बेगनास ताल डुङ्गा व्यवसायी समितिका सचिव शोभाखर कँडेलले भने, “कोरोना सङ्क्रमणकै कारण अघिल्लो वर्ष सात महीना ठप्प बनेको डुङ्गा व्यवसाय यसवर्ष तीन महिनामै चलायमान हुँदा खुशी लागेको छ, अब नेपाल सरकारले डुङ्गा व्यवसायी र सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइदिएमा ढुक्क भएर डुङ्गा सञ्चालन गर्ने थियौंँ ।”

यहाँ कार्यरत डेढसय डुङ्गा व्यवसायीमध्ये एक जनालाई पनि यसवर्ष कोरोना सङ्क्रमण नदेखिनु खुशीको कुरा भएको उनले जानकारी दिए । दुई वर्षअघि स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने बेगनास तालमा लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
साउनको शुरुदेखि नै दैनिक पर्यटक बढ्दै आएका छन् । पोखराकै दोस्रो ठूला ताल बेगनासमा डेढ सयको सङ्ख्यामा डुङ्गा व्यवसायी र २४९ डुङ्गा सञ्चालनमा छन् । सचिव कँडेलले भने, “यो ताल ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ, ताल वरपर बाक्लो बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवा तालभन्दा बेगनासमा नै नौका बिहार गर्न अन्तरिक एवं बाह्य पर्यटकले मन पराउने गरेका छन् ।”

दश दिनअघि ताल वरपर आन्तरिक पर्यटक फाटफुट देखिन थालेपछि डुङ्गा व्यवसायी समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने निर्णयसँगै पालो अनुसार व्यवसायीलाई सञ्चालन गर्र्ने निर्णय गरेको कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै डुङ्गा व्यवसायी तालको छेउमा आउनुपर्दैन, पालो परेका दिन तपाईँको पालो आज परेको छ, डुङ्गा सञ्चालन गर्न आउनुहोस् भनेर समितिका कर्मचारीले नै बोलाउनुहुन्छ ।”

बेगनास तालमा नौका बिहार गर्न आउने आन्तरिक पर्यटकमध्ये कसैले मास्क प्रयोग नगरेको भए प्रयोग गर्ने र हातमा सेनिटाइजर दल्न लगाउने तथा सकेसम्म डुङ्गामा एउटै परिवारका सदस्यलाई मात्र राख्ने गरिएको डुङ्गा व्यवसायी राम कोइराला बताउँछन् ।

बेगनास तालमा एक घण्टा नौका बिहार गरेबापत व्यवसायीले रु ६०० र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृृंखला, कालिकाको ठूलाकोट तथा बेगनासको सुन्दरी डाँडाको मनोहर दृष्र्यावलोकन गर्न सकिन्छ ।

कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएका र केही डुङ्गा व्यवसायी विदेश तथा कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रुपमा डङ्गा सञ्चालन हुँदै आएको हो ।

Advertisement

पैतीस वर्षदेखि डुङ्गा व्यवसाय सञ्चालन गर्दै आउनुभएका कँडेल भन्छन्, “२०५३ साल अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसाय नौका बिहार मात्र नभइ कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङस्थित पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा प्रयोग गर्दै आएका थिए ।”रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top