सुदर्शन न्यौपाने मृत्यु प्रकरण : ट्रकको ठक्करबाट मृत्यु भएको खुल्यो, चालक पक्राउ

१० साउन, विराटनगर ।
विराटनगर–५ बिद्युत अफिसस्थित सडकमा मृत भेटिएका ६७ वर्षीय सुदर्शन न्यौपानेको ट्रकको ठक्करबाट मृत्यु भएको खुलेको छ । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

Advertisement

४ साउनमा बिद्युत अफिसस्थित सडकमा को.४ प २३१६ नम्बरको मोटरसाइकललाई न्यौपाने मृत फेला परेका थिए । घटनाको अनुसन्धान पश्चात प्रहरीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका को.१ क १३३३ नम्बरको ट्रकका चालक धरान –२० देवीगाउँ बस्ने २८ वर्षीय रामशरण राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top