मङ्गलबार पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

१९ असार ७५, बुधबार

क्वालालम्पुर, असार २०

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए ।

निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ । भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए ।

Advertisement

सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । मोहम्मद हाल प्रधानमन्त्री छन् । निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहेका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो ।

हालसालै सत्ताबाट बाहिरिएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहेका छन्। निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो । सरकारी लगानीको एक कम्पनीमा उहाँको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उनीमाथि अनियमितताको प्रश्न उठाइएको छ ।

Advertisement

रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनमात्र पहिले उनकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उनका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top