११ साउन, काठमाडौं ।
भेट्रान पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट(ईपीएल) खेल्ने भएका छन् । ईपीएल आगामी असोजमा हुनेछ ।
ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स–११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।
पाकिस्तानका पूर्वकप्तान समेत रहेका ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी–२० आई खेलेका छन् । अफ्रिदीले तीन फम्र्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।
आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । इपीएलको यस संस्करणमा थुप्रै चर्चित विदेशी खेलाडी आउन सक्ने चर्चा चलेको छ ।