राष्ट्रियसभाको बैठक अवरोध

राष्ट्रियसभाको बैठक अवरोध

काठमाडौँ, असार २०

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

बैठकमा काँग्रेस सांसद पाण्डेले बोल्दै अनशनरत चिकित्सक डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उनको अवस्थाका बारेमा जानकारी गराउन माग गरे ।

राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन उनले सरकारसँग माग गरे । त्यस्तै अनशनरत गंगामाया अधिकारीको अनशनप्रति सरकारले बेवास्ता गरेको तथा विभिन्न समयमा सांसदहरुले उठाएका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको भन्दै सो विषयमा सरकारको तर्फबाट स्पष्ट जवाफ नआएसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने घोषणा गर्दै विरोध जनाएका थिए। त्यसकोलगत्तै काँग्रेसका सबै सदस्यले आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.