अब बालबालिकाका लागि पनि खोप आउने , ६० लाख फाइजर खोप किन्ने प्रक्रिया अघि बढ्यो

११ साउन ७८, मंगलबार

११ साउन, काठमाडौँ ।
सरकारले १२ वर्ष उमेर समुहका बालबालिकालाई पनि लगाउन मिल्ने खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । सो उमेर समुहका बालबालिकालाई पनि लगाउन मिल्ने ६० लाख फाइजर खोप ल्याउने प्रक्रिया अघि बढाएको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने करिब ६० लाख फाइजर खोप ल्याइने तयारी भइरहेको बताए ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५।८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६।६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० ९भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा०, वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ ।

सरकारले कोभिड–१९ को उपचारका लागि १५७ सरकारी र नीजि अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याएको छ । यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष (आइसियु) पु¥याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो । यस्तै भेन्टिलेटरको सङ्ख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ । मन्त्रालयले सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ ।

अक्सिजन
मन्त्रालयले अहिले अक्सिजनको आपूर्ति समेत बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार अहिले दैनिक १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ । यसअघि १५ मेट्रिक टन मात्र अक्सिजन आपूर्ति हुने गरेको थियो । मन्त्रालयले सङ्क्रमणको दोस्रो लहर चलिरहेकै बेला पाँच हजार अक्सिजन सिलिण्डर थप र पाँच हजार ५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था गरेको छ । थप तीन हजार ५०० अक्सिजन कन्सट्रेटर आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी २७ वटा तरल अक्सिजन टङ्याक थप गर्ने योजनाअन्तर्गत दुई सम्पन्न, चार निर्माण प्रक्रियामा र १० वटा निर्माणका लागि सूचना प्रकाशित गरिएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमितको मृत्यु दर १।३ प्रतिशत र निको हुने दर ९४।५ प्रतिशत छ । नेपालमा अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । २०७७ चैतको पहिलो सातादेखि २०७८ वैशाखको अन्तिम सातासम्म दोस्रो लहर उच्च विन्दुमा रहेको थियो । गत वैशाख २७ गते सङ्क्रमण दर सबैभन्दा बढी ५१।८ प्रतिशत रहेको थियो । जेठ ६ गते सबैभन्दा बढी एक हजार ७४८ जना आइसियुमा र जेठ ८ गतेसबैभन्दा बढी ५२३ जना सङ्क्रमित भेन्टिलेटरमा रहेका थिए । यसैगरी सङ्क्रमणको पहिलो लहर २०७६ माघ ९ गतेदेखि २०७७ साउन ३ गतेसम्म चलेको थियो । उक्त अवधिमा सङ्क्रमण दर ५।६ प्रतिशत रहेको थियो । पहिलो लहरमा सबैभन्दा बढी सङ्क्रमित असार १९ गते देखिएकोमा सङ्क्रमण ओरोलो लाग्दै गत साउन ३ गते ५२ जना पुगेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top