११ साउन, एजेन्सी ।
अफगानिस्तानको सैन्य प्रमुख जनरल वाली मोहम्मद अहमदजैले भारत भ्रमण स्थगित गरेका छन् । तालिबानले अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाएपछि सैन्य प्रमुखको विदेश भ्रमण स्थगित भएको जनाइएको छ ।
अहमदजैले जुलाई २७ मा भारत पुग्ने कार्यक्रम तय भएको थियो । भ्रमणको क्रममा उनले राजनीतिज्ञ तथा सेना प्रमुखसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको थियो ।
