सातै प्रदेशमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन

सातै प्रदेशमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं : सरकारले सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले सम्भावित चुनौतीलाई सामना गर्न एक हजार अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिनुभएको हो ।

महाशाखा प्रमुख उपाध्यायद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको नदेखिएको जनाएको छ ।

‘विगतका दिनहरुमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन,’ विज्ञप्तिमा लेखिएको छ,‘ अतः भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न त्यहाँ कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।’,यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.