सुनगोहोरोको छाला सहित एक जना पक्राउ

१२ साउन ७८, मंगलबार
Share this
777shares

११ साउन, धनुषा ।
जनकपुर उपमहानगरपालिका–१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहोरोको जस्तो देखिने २ थान छाला सहित महोत्तरी बर्दीबास नगरपालिका–११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जनकपुरबाट काठमाडौं जान लागेका उनलाई एयरपोर्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top