पब्जी र फ्रिफायर बन्द गर्न सांसदको माग

११ साउन ७८, मंगलबार

१२ साउन, काठमाडौँ ।

Advertisement

सांसद आशाकुमारी वि.क.ले सरकारले पब्जी र फ्रिफायर जस्ता अनलाइन खेलहरु बन्द गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले कोरोना कहरका कारण बालबालिकार किशोरकिशोरीको शिक्षा इन्टरनेटमार्फत् भएको भएपनि पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरुको स्वभावनै परिवर्तन भएको बताइन् । यसले अभिभावक समेत चिन्तामा रहेको उनले उल्लेख गरिन् ।

Advertisement

उनले भनिन् – ‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोर किशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ । इन्टरनेट प्रयोगकर्ता बढेको छ यो खुशीको कुरा हो । तर पब्जी, फ्रीफयर जस्तो खेलको लतमा फसेको उनीहरुमा देखिएको डराउने, झस्कने, जिद्धिपना जस्तो अनौठो बानीले बच्चाहरुको स्वभावले आमा बाबुमा परेको तनावको कारण निम्तिने रोगहरुको दृश्य सामान्य लाग्ला तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएकोले तत्काल सरकारले यो अनलाइन खेलहरु बन्द गरियोस् । नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top