×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

१३ श्रावण २०७८

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।

तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दाेष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन । त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत जलाइयो ।

Advertisement

सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो ।

२०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो । स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो । स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । विवाद बढ्दै गयो । त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो । प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए ।

तर, केटाकेटी दुवैको कुरा स्थानीयवासीले सुनेन । सुन्न कोशिस पनि गरेन । बरु करनकी श्रीमती राजुलाई दोषी करार गर्न थाले । स्थानीय युवतीलाई दलित केटासँग भगाएको भन्दै उनलाई दैनिक कुटपिट गर्न थाले । त्यसपछि बाध्य भएर उनीहरू घर छाडेर सदरमुकामतर्फ लागे । र, न्यायको भिख माग्न थाले । तर, ६ वर्ष बितिसक्यो । उनीहरूले न्याय पाउन सकेका छैनन् ।

आफूहरूलाई कुटपिट गर्ने, गालीगलौज गर्ने र धम्क्याउने व्यक्तिहरू राजबहादुर चन्द, चक्रबहादुर चन्द, दीपकबहादुर चन्द, रमेशबहादुर चन्द र गोकर्ण चन्द भएको भन्दै उनीहरूविरुद्ध मुद्दा हाले हालसम्म मुद्दाको कुनै फैसला नआएको उनीहरूको भनाइ छ ।

सदरमुकाम बस्दा लागेको ऋणले उनीहरू चिन्तित छन् । सदरमुकाम आएपछि प्रहरी कार्यालयनजिकैको एक होटलमा दुई वर्ष बस्दाको ऋण डेढ लाख रुपैयाँ उनीहरूले तिर्न सकेका छैनन् । ६ वर्ष सदरमुकाम बस्दा १२ लाख रुपैयाँभन्दा बढी ऋण लागेको उनीहरूको भनाइ छ ।

Advertisement

केही वर्षदेखि करनलाई जिल्ला सदरमुकामनजिकै दशरथचन्द नगरपालिका–४ स्थित ईश्वर आधारभूत विद्यालयमा काज सरुवा मिलाइदिएको छ । तर, १३ महिनादेखि तलब पाउन सकेका छैनन् । विगतमा निमावि शिक्षकको राहत दरबन्दीमा काम गर्ने उनलाई प्राविको राहत दरबन्दीमा काज मिलाइएको छ ।,यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top