कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली नजिक भ्रमण जान नपाइने

कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली नजिक भ्रमण जान नपाइने

काठमाडौँ : सरकारी कर्मचारीले भ्रमण खर्चसहित पाउने भनिएको १० दिने छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।

भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रालयले जनाएको छ ।

तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण क्षेत्र निषेध गरिएको छ ।

जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.