×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

हतियार देखाइ सुन पसलमा लुटपाट गर्न खोज्‍ने ६ जना पक्राउ

१३ श्रावण २०७८

१३ साउन, विराटनगर ।
मेरङको सुन्दरहरैंचा नगरपालिका १० त्रिवेणी चोकस्थित शिव पञ्चायन ज्वेलर्समा हतियार देखाइ लुटपाट गर्न खोज्ने ६ जनालाई पक्राउ गरेको छ । लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले मंगलबार राति अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एसएमजी र त्यसमा लाग्ने म्याग्जिन र ६२ राउण्ड गोली, कटुवा पेस्तोल र थ्री नट थ्री राइफलमा प्रयोग हुने ३ राउण्ड गोली र अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन र २ राउण्ड गोली समेत बरामद गरेको मोरङका एसपी जनार्दन जिसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेहरुमा संखुवासभाको सभापोखरी गाउँपालिका ४ घर भइ हाल इटहरी उपमहानगरपालिका २० तरहरा बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका १ बस्ने ४५ वर्षीय डायमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभाको सभापोखरी ६ बाह्रबीसे घर भइ इटहरी २० तरहरमा डेरा गरी बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई, सुन्दरहरैंचा–५ का २२ वर्षीय मिसन राई, भोजपुरको पौवादुम्बा गाउँपालिका(३ घर भइ इटहरी २० तरहरामा डेरा गरी बस्दै आएका ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा(७ का ३१ वर्षीय सन्तोष राई छन् ।

प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १–०२–०४४प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ नम्बरको मोटरसाइकल, को २ ह २७३६ नम्बरको अटो रिक्सा, ६ थान मोबाइल, एमआरपी लेखिएको सञ्चार सेट दुई थान र १६ हजार ५ सय नगद पनि बरामद गरेको जनाएको छ ।

लुटपाटमा गर्न जानेमध्ये एक जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । गत साउन १ गते दिउँसो १ बजे चन्द्रबहादुर र प्रमोदले योजनाबद्ध रुपमा थापाको पसलमा लुटपाटको असफल प्रयास गरेका थिए । लुटपाट गर्ने योजनासहित उनीहरुले केही दिनदेखि सुराकी गरिरहेको जिसीले बताए । ‘उनीहरुले सुरुमा बरामद भएको अटो रिक्सा प्रयोग गरेर २–३ दिन अगाडिदेखि पसल तथा त्यसको वरिपरि सुराकी गरेका थिए,’ जिसीले भने, ‘त्यसपछि साउन १ गते ३ वटा मोटरसाइकलमा ६ जना आएर सुन पसलमा लुटपाट गर्न खोजेका थिए ।’

प्रहरीका अनुसार चन्द्रबहादुरले एसएमजी, चौधरीले कटुवा पेस्तोल र पक्राउ पर्न बाँकी रहेका एक जनाले अटोमेटिक पेस्तोल बोकेर पसलभित्र प्रवेश गरेका थिए । अन्य ४ जनाले पसल बाहिर सुरक्षा घेरा बनाएका थिए । लुटपाटका लागि तीनै जना सुन पसलभित्र प्रवेश गरेर सटर लगाएर हतियार देखाएपछि पसल सञ्चालक थापाकी पत्नीले घर बाहिर निस्केर होहल्ला गरेकी थिइन् । त्यसपछि टोलका मानिसहरुले पनि होहल्ला गर्दै जम्मा हुन थालेपछि उनीहरुको लुटपाट योजना असफल भएको थियो । पसलबाट बाहिर निस्कने क्रममा उनीहरुले एसएमजी फायर गर्न खोजे पनि फायर नभएपछि भागेका थिए ।

Advertisement

उनीहरुविरुद्ध हातहतियार खरखजाना, डाँका, संगठित अपराध र गोली चलाउने प्रयास मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top