१३ साउन, काठमाडौं ।
प्रधानमनत्री शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री हुनु भएकोमा चीनका प्रधानमन्त्री लि खछ्याङले वधाई सन्देश पठाएका छन् । वधाई सन्देशमा उनले आफू नेपाली समकक्षीसँग दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन एकसाथ काम गर्न इच्छुक रहेको बताएको नेपालस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको छ,’ नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले लेखेकी छन्, ‘सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताउनुभएको छ ।’