गौरिका भन्छिन्: कीर्तिमान सुधार गर्न सकेकामा खुशी छु

१३ साउन, काठमाडौं ।
टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आफ्नो प्रदर्शनमा आफू खुशी रहेको बताएकी छन् । बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरेपछि उनले भनिन्– ‘खुसी लागेको छ । अलिक थकाई पनि लागेको छ । आनन्द भयो। राम्रो स्वीम गर्न सकेकोमा ।’

उनले कुनै समय लक्ष्य विनानै खेलेको बताएकी छिन् । ‘जति सक्दो राम्रो गर्ने भन्ने मेरो प्रयास थियो । यतिमै सक्छु भन्ने थिएन’, हाँस्दै उनले भनिन्,‘ कुनै खेलाडीलाई लक्ष्य लिएर खेल्दा राम्रो हुन्छ । म चाहिँ सकेको राम्रो गर्ने कोशिस गर्छु ।’

कोभिड महामारीका कारण पछिल्लो एक वर्षमा ८ महिना अभ्यास गर्न नपाएको जनाउँदै गौरिकाले लङ कोर्समा भन्दा आफूलाई सर्ट कोर्समा प्रतिस्पर्धा गर्न सहज लाग्ने बताइन् । तीन सातापछि अध्ययनका लागि अमेरिका जाने क्रममा रहेकी गौरिकाले लण्डन फर्कने बताइन् । ‘अब तीन सातामा अमेरिका जान्छु । त्यसैले परिवारसँग बस्छु, ‘उनले थपिन्‘ अबको लक्ष्यबारे उता गएपछि नयाँ प्रशिक्षकसँग सल्लाह गरेपछि मात्र कुन कसरी खेल्ने भन्ने हुन्छ ।’

टोकियो अब्वाईटिक्स सेन्टरमा पहिलो चरणमा प्रतिस्पर्धा गरेकी गौरिकाले १ मिनेट ११ मिलिसेकेण्ड समयसहित लङ कोर्समा कीर्तिमान सुधार गरेकी हुन् । हिट्स १ को लेन ४ मा गौरिकाले ५० मिटरको लङ कोर्समा कीर्तिमान बनाएकी हुन् ।

बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । गौरिकाले ५० मिटरको लङ कोर्समा २०१९ मा भएको १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान बनाएकी थिइन् । टोकियो ओलम्पिकमा उनले उक्त कीर्तिमान सुधार गरेकी हुन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । २०१६ को रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top