सरकारमा सहभागी हुन नेपालमाथि दबाब

सरकारमा सहभागी हुन नेपालमाथि दबाब

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी सरकारमा जान्छौं, केही कानुनी कुरामा केही समय लागेको मात्र हो, सरकारमा सहभागी हुने विषयमा कानुनविद्सँग पनि परामर्श भइरहेको छ ।’ संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्री बनाइसकेका अवस्थामा आफूहरू सरकारमा सहभागी नहुने भन्ने प्रश्न नै नभएको उल्लेख गर्दै चौधरीले भन्नुभयो– ‘हामी सरकारमा जान्छौं, सरकारमा सहभागी हुने विषयमा २२ सांसदको एउटै मत छ ।’

वरिष्ठ नेता नेपाल भने पार्टीभित्र एकताको प्रयास जारी रहेकाले तत्काल सरकारमा सहभागी नहुने अडानमा रहनुभएको छ ।, यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.