अमेरिकाको अलस्का राज्यमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

१४ साउन ७८, बिहीबार
Share this
727shares

१४ साउन, एजेन्सी ।
अमेरिकाको अलस्का राज्यमा शक्तिशाली भूकम्प गएको छ। अलस्कामा बुधबार राति ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

Advertisement

अलस्काको अलस्कान पेनिनसुला टापु क्षेत्रमा स्थानीय समयअनुसार बुधबार राति सवा ८ बजेतिर भूकम्प गएको अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण केन्द्रले जनाएको छ।

यो भूकम्प बाक्लो मानववस्ती भएको पियरी भिल्लेदेखि ५६ माइल टाढा गएको समाचारमा जनाइएको छ । यससँगै दक्षिणी अलस्का र अलस्कान पेनिनसुलामा सुनामीको खतरा बढेको छ। तीन घण्टाको अन्तरालमा ठूला सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top