१४ साउन, काठमाडौं ।
भित्री सूचनाको आधारमा सेयर कारोबार (इन्साइडर ट्रेडिङ)को आरोप लागेपछि अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डसँग दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।
बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको सर्वोत्तम सिमेन्टको सेयर रहेको फेला परेपछि मन्त्रालयले बिहीबार सत्य तथ्य विवरण ३ दिन भित्र मन्त्रालयमा पठाउन निर्देशन जारी गरेको हो ।
बोर्ड अध्यक्ष ढुङ्गानाले आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता भन्दा बढी शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएको थियो।

