बाँकेमा बाघैबाघ, पर्यटकको रोजाइ बन्न सकेन

१४ साउन ७८, शुक्रबार

बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ ।

Advertisement

सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको छ । बाघ संरक्षणका लागि बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीपोखरी र घाँसे मैदान निर्माण गरिएको छ । चुनौतीको रूपमा रहेको चोरी शिकारी नियन्त्रणको अधिक प्रयास भएको छ ।

निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । बाँके, दाङ र सल्यान जिल्लालाई छोएको निकुञ्जमा बाघसँगै लोपोन्मुख वन्यजन्तु चौका प्रशस्त रहेका छन् ।

Advertisement

बाघ हेर्नलाई संसार नै लालायित छ । बाघ भएका निकुञ्जमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जको हकमा त्यो लागू भएको छैन । निकुञ्जमा अलिकति सफारी गर्नेबित्तिकै बाघ देखिने गरेको भुक्तभोगीहरु बताउँछन् । गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि लामो यात्रा गर्न नपर्ने बताए । ‘आएका पर्यटकले छोटो यात्रामै बाघ देखेर खुसी भएका छन्’, चौधरीले भने– ‘त्यसका बाबजुद प्रचारप्रसार हुन नसक्दा पर्यटकको रोजाइ बन्न सकेको छैन ।’

बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज शहरदेखि नजिकै रहेको छ । नेपालगन्जमा पर्यटकलाई केन्द्रमा राखेर ठूल्ठूला होटल बनेका छन् । मानसरोवर, रारा, से फोक्सोण्डो, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज जाने पर्यटकहरु नेपालगन्ज भएर जाने गर्दछन् । यी ठाउँमा जाने पर्यटकको सेडुलमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने गरेको छैन । नेपालगन्ज भएर यस क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जमा एक दिन मात्रै होल्ड गराउन सकेमा यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top