राष्ट्रिय जनगणना नरोक्न सांसद टेकबहादुर बस्नेतको माग

राष्ट्रिय जनगणना नरोक्न सांसद टेकबहादुर बस्नेतको माग

१५ साउन, काठमाडौँ ।
प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नुनहुने बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन् ।

उनले राष्ट्रिय जनगणना नेपाल सरकारको सूचीमा छ, छैन भन्ने विषयमा ध्यानाकर्षण गराए । उनले भने, “नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा ११० वर्षअघि बि.सं १९६८ मा भएको थियो, त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६४९ थियो, यो सबैलाई जानकारी छ, अहिले ११ औँ राष्ट्रिय जनगणनाको लागि आवश्यक तयारी र आवश्यक बजेट पनि विनियोजन भइसकेको छ, कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको भन्ने सुन्नमा आएको छ,त्यसलाई स्थगित गर्नुहुँदैन, अगाडि बढाउनुपर्छ, सरकारको कार्यसूचीमा छ, छैन, नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु । ”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.