निर्धारित समयमै द्रुतमार्ग बन्ने

निर्धारित समयमै द्रुतमार्ग बन्ने

१६ साउन, काठमाडौँ। काठमाडौँ–तराई/मधेस  द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको  छ  ।  द्रुतमार्ग  निर्माण  व्यवस्थापनको  जिम्मा  पाएको  नेपाली  सेनाले  आर्थिक  वर्ष  २०८०/८१  भित्र  द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो ।

द्रुतमार्ग र सेनाको कल्याणकारी योजना निर्देशनालयको वार्षिक प्रगति सार्वजनिक गर्न शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले निर्धारित समयमै द्रुतमार्गको निर्माण कार्य सम्पन्न हुने घोषणा गरे ।

सेनाले निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न गर्न आगामी दुई वर्षको अवधिमा ८४ प्रतिशत काम गर्नुपर्ने हुन्छ । द्रुतमार्गमा अहिलेसम्मको कुल भौतिक प्रगति १६ दशमलव २१  र आर्थिक प्रगति १४ दशमलव ५१ प्रतिशत रहेको छ । द्रुतमार्ग  निर्माण  आयोजनाको  मुख्य  चुनौतीको  रूपमा  ललितपुरस्थित  खोकनाको जग्गा अधिग्रहणलाई  लिएको  आयोजना प्रमुख पोखरेलले स्पष्ट पारे । खोकनाको जग्गा विवादका कारण  द्रुतमार्ग  आयोजना  पटक  पटक  अवरुद्ध  हुँदै आएको छ । उनले मुआब्जाबाहेक अन्य विषयमा खासै समस्या नरहेको स्पष्ट पारे ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.