ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टी एकता हुनसक्छः रामकुमारी झाक्री

१५ साउन ७८, शनिबार

१६ साउन, काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने एमाले नेतृ रामकुमारी झाक्रीलेबताएकी छन् ।

शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् ।

‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् । प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् ।

‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ?’ उनले प्रश्न गरिन्, ‘चुनावमा मान्छेले भोट हाल्छन्? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो?’

आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले ग¥यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ उनले प्रश्न गरिन् । यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने नेतृ झाँक्रीले बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top