एमाले स्थायी कमिटी बैठक बस्दै, अब माधव नेपाललाई नपर्खिने

१७ साउन ७८, आइतबार
Share this
715shares

१७ साउन, काठमाडौँ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।

Advertisement

एमालेको शनिवारको बैठक विघटित कार्यदलका सदस्यको सदस्यहरूको सुझाव अनुसार शनिवारको बैठक स्थगित गरिएको थियो ।

नेपाल समूहका वार्ता टोलीका नेताहरूले अन्तिम पटक माधव नेपालसँग संवाद गर्ने बताएपछि विघटित वार्ता टोलीका संयोजक सुवास नेम्वाङको आग्रहमा शनिवारको बैठक स्थगित भएको थियो ।तर अब माधव नेपाललाई पर्खिएर नबस्ने एमाले स्रोत बताउँछ ।

Advertisement

आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top