धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

१७ साउन, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न माग गरेको छ । कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको बेला कर्मचारी युनियनले निलम्बन गर्न माग गरेको हो । कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत आरोप लगाएका छन् ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरब विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७९७०, १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अबिलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।’

कर्मचारी युनियनले यस कुराले बोर्ड र अध्यक्षको प्रतिष्ठामा नै आँच आएको जनाएको छ । यो घटनापछि अर्थमन्त्रालयले बोर्डको नाममा पत्राचार गर्दै ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरण पत्रमा व्यक्तिको नाम उल्लेख नगरी कार्यालयको नाममात्रै उल्लेख गरेको छ ।

युनियनले अर्थमन्त्रालयको पत्रमा समेत आपत्ति जनाएको छ । कुनै व्यक्तिले गरेको गल्तीलाई समग्र संस्थाको गल्तीको रुपमा देखाउनु गलत भएको युनियनको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top