१७ साउन, काठमाडौं ।
सांसदहरुले अब आफ्नो तलब भत्ता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ ।
अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए ।
सांसदहरुले यसअघि निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए ।

