बलात्कार आरोपमा पप गायक कृश वु पक्राउ

१७ साउन ७८, आइतबार

१७ साउन, एजेन्सी ।
चर्चित पप गायक कृश वुलाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीय युवतीले बलात्कारको आरोप लगाए पछि चिनियाँ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

आफू १७ वर्षको हुँदा कृशले आफूमाथि बलात्कार गरेको ती युवतीको आरोप छ । वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइनुका साथै आफूलाई मदिरा सेवन गराइ बलात्कार गरेको चिनिया सञ्चार माध्यममा उल्लेख छ ।

युवतीले आरोप लगाएता पनि कृशले पनि उक्त कुरालाई ठाडै अस्वीकार गरेका छन् । आफू विरुद्ध आरोप लगाइएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘यदि त्यस्तो भएको भए कृपया तपाईँहरू सबै शान्त रहनुस् म आफूलाई जेलमा पठाउने छु।’

Advertisement

उनी एक युवतिले मात्र उनलाई आरोप लगाएकी भने हैनन् अन्य दर्जनौँ युवतीहरुले पनि उनी माथि बलात्कारको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top