‘सम्झनी पानी छम्किनी’मा भुवन र दीपाश्रीको रोमान्स (भिडियो)

‘सम्झनी पानी छम्किनी’मा भुवन र दीपाश्रीको रोमान्स (भिडियो)

१७ साउन, काठमाडौँ ।
नेपालमा पहिलो म्युजिक भिडियोमा मोडलको काम गरेका नायक भुवन केसीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले लामो समयपछि म्युजिक भिडियोमा काम गरेका हुन्।

तीज गीत ‘सम्झिने पानी छम्किने’ मा भुवनसँगै दीपाश्री निरौला, स्वस्तिमा खड्का,

आकाश श्रेष्ठ फिचर्ड छन् । सम्राट् चौलागाइँ, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर रहेको गीतलाई सम्राट् चौलागाइँले कम्पोज गरेका हुन् ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोलाई ुसम्राट् चौलागाइु युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । नवराज उप्रेतीले भिडियोको दृश्य कैद र वीर बहादुर थारुको सम्पादन म्युजिक भिडियोमा समावेश छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.