प्रदेश १ मा ७२५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

१७ साउन, विराटनगर ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
झापाको दमकमा ५३, विर्तामोमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा २, गौरीगञ्जमा १, मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा ३–३, ग्रामथान र बुढीगंगामा २–२, मिक्लाजुङ, कटहरी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, बराहक्षेत्र र दुहवीमा १–१ जनमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङ र मांसेबुङमा १–१, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, ताप्लेजुङमा १, संखुवासभामा १, ते¥हथुममा १, भोजपुरको अरुणमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छ । मृत्यु हुनेमा ८ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top