वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, पाँच जना घाइते

१७ साउन, काठमाडौँ ।
वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको छ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।

कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए । प्रहरीले कर्मचारीहरुलाई बैठकस्थलबाट निकाल्नका लागि बल प्रयोग गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए । सो क्रममा अस्पतालका ५ जना कर्मचारी घाइते भएका छन् । उनीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

‘हामीले आफ्नो जायज माग राखेर धर्ना दिइरहेका थियौं । सोही क्रममा उहाँसँग छलफलका लागि गएको बेलामा प्रहरी बोलाएर कुटाउनुभयो,’ सचिव मुडभरीले भने ।

कर्मचारी युनियनले २०७७ साल भदौदेखिको कोभिड भत्ता, असोजदेखिको सेवा विस्तार भत्ता र ०७७ सालको औषधि खरिद भत्ताको माग गरेर धर्नामा बसिरहेका छन् । यस्तै यथाशीघ्र कोभिड–१९ युनिफाइड अस्पताल संचालन हुनुपर्ने र डा। गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई दिएको करोडौंको टेण्डरको अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।

घटनापछि वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघले एक विज्ञप्ति जारी गर्दै डा. गौतमले फिर्ता नभएसम्म र प्रहरीले माफी नमागेसम्म कडा अन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top