गरगहनाको भुक्तानी अब डिजिटल प्रणालीबाट

१७ साउन ७८, आइतबार

१७ साउन, काठमाडौँ ।
सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी अब डिजिटल प्रणाली मार्फत हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र गेटवे पेमेन्ट नेपालबिच आइतबार डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको हो ।

Advertisement

दुई संस्थाबिच भएको सम्झौता पश्चात् सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सकिने जनाइएको छ ।

यो सम्झौता पश्चात् अव सुनचाँदीका गरगहनाको खरिद पश्चात् अनलाइन बैङ्किङ, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरू मार्फत रकम भुक्तानी गर्न थप सहज हुने महासङ्घले जनाएको छ ।

Advertisement

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले सम्झौताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको विक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणाली मार्फत सहजै गर्न सकिने भएकोले यो प्रणाली व्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top