उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

१७ साउन ७८, सोमबार

काठमाडौं : काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढाउन लागिएको छ ।

Advertisement

अध्ययन समितिको सुझावअनुसार जिल्ला र उच्च अदालतमा आउँदो मंसिरबाट गोला प्रथाबाट पेसी तोकिने भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले हस्ताक्षरित विज्ञप्तिअनुसार जिल्ला अदालत र उच्च अदालतलाई पेसी सूची गोला प्रथाबाट तोक्नेगरी पत्राचार गरिएका जनाइएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायालयमा विकृति, विसंगति, अनियमिता र बिचौलिया रोकथामका लागि अदालतमा पेसी तोक्ने प्रणाली संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो ।

Advertisement

समितिले न्यायालयमा हुन सक्ने विकृति रोक्न जिल्ला अदालतमा एउटै न्यायाधीशले सुरुदेखि अन्तसम्म मुद्दा तोक्ने प्रणाली तथा उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन गर्ने प्रणाली संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।

स्वचालित पेसी सूची प्रणाली सुरु नहुँदासम्म पारदर्शी र विश्वसनीय ढंगले गोला प्रथाबाट पेसी तोक्न समितिले सुझाव दिएको थियो । सोहीअनुसार जिल्ला र उच्च अदालतलाई मंसिरदेखि सुझाव कार्यान्वयनका लागि पत्र पठाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए । प्रवक्ता दाहालका अनुसार स्वचालित पेसी प्रणाली लागू नहुँदासम्म गोला प्रथा (राफल प्रणाली)द्वारा पेसी सूची प्रकाशन गर्न भनेको छ ।

Advertisement

मंसिर २०७८ देखि सो प्रणाली लागू गर्न आवश्यक तयारी व्यवस्था गर्न सर्वोच्चले भनेको छ । सो प्रतिवेदनले दिएको न्याय परिषद्सम्बन्धी सुझाव कार्यान्वयनका लागि आइतबार न्यायपरिषद् सचिवालयमा पठाएको छ । याे समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top