महाकालीमा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण सुरु भइसक्याे : गृहमन्त्री खाँड

१८ साउन ७८, सोमबार
Share this
697shares

१८ साउन, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण थालनी सुरु भइसकेको बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका २ का ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताउदै सो ठाउँमा तुइन विस्थापित गरि झोलुंगे पुल निर्माण थालिएको जानकारी दिएका हुन ।

Advertisement

घटनाको विषयमा छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको छ, सो टोली आज धनगढी पुगिसकेको छ मन्त्री खाँडले भने । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top