इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल

१७ साउन ७८, सोमबार

१८ साउन, जेरुसेलम ।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् ।

उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी पनि गरेका छन्। उनको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् ।

बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानूनकोविपरीत रहेको पनि बताएका छन् ।यता इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिँदै इरानलाई कसरी जवाफ दिनुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ ।

तेहरानले यसलाई आधारहीन आरोप भनेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषितरुपमा एक किसिमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् ।

गएको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौँ पानीजहाजमा आक्रमण भएको देखिएको छ ।पछिल्लो पटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्याङ्करमा गत बिहीबार आक्रमण भएको थियो । ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो ।

त्यस आक्रमणमा परेर दुई जनाको ज्यान पनि गएको थियो । ज्यान जानेमा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक रहेका छन् । त्यस हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top