माधव समूहको स्थायी कमिटी बैठक जारी

१८ साउन ७८, सोमबार

१८ साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । आज बस्ने एमालेको स्थायी कमिटी बैठकअघि नेपाल पक्षका नेताहरू छलफलमा जुटेका हुन्। वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

Advertisement

बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गरिने जनाइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ । तर, नेपाल पक्ष भने अहिलेसम्म बैठकमा सहभागी भएको छैन।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top