कोरोनाका कारण सबै परीक्षा स्थगन गर्ने सरकारकाे तयारी, आन्तरिक मूल्यांकन गरिने

१८ साउन ७८, सोमबार
Share this
699shares

१८ साउन, काठमाडौं ।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएपछि सञ्चालन गरिँदै आएका र सञ्चालनको तयारीमा रहेका सम्पूर्ण परीक्षा स्थगन गर्ने सरकारले तयारी गरेको छ । परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

Advertisement

मन्त्री श्रेष्ठले यसबारे शिक्षा मन्त्रालयसँग परामर्श भइरहेको र यसबारे केही बेरमा जानकारी दिइने बताएका छन् । स्वास्थ्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top