विवादमा तानिएपछि डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालबाट हटाइए

१८ साउन, काठमाडौं ।
सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट डा जागेश्वर गौतमलाई हटाएको छ ।

Advertisement

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयानुसार डा. गौतमलाई हटाइएको हो। उनलाई परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको छ।

डा. गौतम प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएको दिनदेखि नै अनेक विवादमा मुछिदै आएका थिए। आइतबार अस्पतालका कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि गौतममाथि लागेको छ।

Advertisement

डा गौतमलाई गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top