१८ साउन, काठमाडौं ।
कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर नियुक्त गरेको हो। सरकारले वीर अस्पतालका प्रमुख डा. जागेश्वर गौतमलाई हटाएर थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।
मरासिनीले मंगलबारदेखि नै कार्यभार सुरु गर्ने जनाइएको छ ।उनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत थिए । अहिले उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए ।