ओलीसँग भेट्न नेपाल ‘तयार’, एकतामा दूरी बढाउने गतिविधि नगर्ने

१८ साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि ‘तयार’ भएका छन्। सोमबार आफुपक्षको स्थायी कमिटीको बैठकमा नेता नेपाल ओलीलाई भेट्न तयार भएका हुन् ।

Advertisement

नेता नेपाल पछिल्लो समय ओलीले भेट्न खोज्दा पनि ‘अस्वीकार’ गर्दै आएका छन् । नेपाल पक्षीय स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता छिट्टै हुने बताए। उनले भेटवार्ता हुने मिति भने खुलाएनन्।

स्थायी कमिटी सदस्यहरुको भेलापछि पन्तले सञ्चारकर्मीसँग भने ‘उहाँहरु (ओली र नेपाल)को भेटघाट र छलफल छिट्टै हुन्छ, मिति नसोध्नुहोस्, तर त्यो भेटघाट हुन्छ भन्ने मैले बुझेको छु,।’

Advertisement

पन्तले सोमबारको भेलाबाट पार्टी एकतामा दूरी बढाउने गतिविधि नगर्ने समझदारी बनेको पनि बताए। पार्टी एकताका लागि यसअघि गठन भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुले सोमबारको बैठकमा एकताका लागि हालसम्मका प्रयास र प्राप्त ‘उपलब्धि’का बारेमा ‘रिपोर्टिङ’ गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top