तत्काल कुनै पनि परीक्षा स्थगन हुँदैन : स्वास्थ्य राज्यमन्त्री

१८ साउन, काठमाडौँ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्काल कुनै पनि परीक्षा स्थगन नहुने स्पष्ट पारेका छन्। सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगन हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लाने भनाईलाई लिएर परीक्षा स्थगनको हल्ला चलेपछि उनले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्।

Advertisement

उनले भने ‘संक्रमण धेरै बढ्दै गएमा शिक्षा मन्त्रालय र सिसिएमसीसँग छलफल गरी बैकल्पिक विधिबाट परीक्षा लिनेबारे प्रस्ताव गर्ने भनेको हुँ ।’ राज्यमन्त्री श्रेष्ठले कोभिडको संक्रमण बढ्दै गएकोले परीक्षार्थीहरुलाई परीक्षा अगावै खोपको ब्यवस्था गर्न मन्त्रालय लागि परेको जनाए। मन्त्री श्रेष्ठले भने, ‘हाल कुनै पनि परीक्षा स्थगन गर्ने निर्णय भएकै छैन। परीक्षा तोकिएकै समय हुन्छ। परीक्षार्थीलाई खोपको ब्यवस्थापन गर्न मन्त्रालय लागि परेको छ।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले हालसम्म कक्षा १२ को कुनै पनि परीक्षामा फेरबदल नभएको स्पष्ट पारेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top