गण्डकीका प्रदेश प्रमुख पृथ्वीमानले गरे पदबहाली

१८ साउन, पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमका बीच प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् ।

Advertisement

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा रहनु भएकी सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको थियो । गण्डकीका प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ चितवनका पुराना कांग्रेस नेता हुन् । लामो समय देखि कांग्रेसको राजनीति गरेका गुरुङ पहिलो पटक लाभको पदमा पुगेका हुन् ।

पदबहाली पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रदेश प्रमुख गुरुङले संघीय लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताए । संघीय सरकारले संविधान अनुसार गण्डकी प्रदेशको अभिभावकीय जिम्मेवारी दिएर पठाएकोले आफ्नो कार्यकाल भरी लोकतान्त्रीक गणतन्त्रको पक्षमा काम गर्ने पनि प्रदेश प्रमुख गुरुङले बताए।

Advertisement

यस अधि नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता पौडेललाई नियुक्त गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन् । यस्तै सीता पौडेललाई नियुक्त गर्दा हटाइएका अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top