१९ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेका छन्। उनले आफू सभापतिको उम्मेदवार हुने र पार्टीलाई फरक बाटोमा लैजाने दाबी गरेका छन् ।
एक व्यक्ति एक पदको वकालत गर्दै आएका नेता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवातिर इंगित गर्दै दुई पदमा बसेर कसैले पनि सफलता प्राप्त नगर्ने उल्लेख गरे । श्रेष्ठले महिला, कर्णाली, दलित, जनजाति र पिछडिएका समूहका साथिलाई स्थान दिनुपर्छ भन्ने पहलीकरणको सुरुवात आफैँले गरेकादाबी गरे।
उनले पार्टी भित्र गुट र भागवन्डाको विकृति भएको उल्लेख गरे। श्रेष्ठले भने, ‘ जीवनभर शेरबहादुरजीलाई मैले साथ दिएको छु यस पटक उहाँले मलाई सभापतिको जिम्मेवारी दिनुपर्छ। उहाँ प्रधानमन्त्रीको कार्यकाल सफल बनाउन लाग्नुपर्छ।’