रवीन्द्र मिश्रको काउन्टरमा मिलन पाण्डेसहित ४ नेताले ल्याए नयाँ प्रस्ताव

रवीन्द्र मिश्रको काउन्टरमा मिलन पाण्डेसहित ४ नेताले ल्याए नयाँ प्रस्ताव

१९ साउन, काठमाडौं ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् ।

मंगलबार पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो ।

उनीहरुले ल्याएको ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ । त्यस्तै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ ।

तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ ।

नेतृ दर्शनाले पार्टीलाई गलत दिशामा जान नदिन आफूहरूले संयुक्त प्रस्ताव ल्याएको बताइन् । अध्यक्ष मिश्रले पार्टीमा छलफल नगरी साउन ११ गते संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेका थिए ।

वैकल्पिक राजनीतिको मूल बाटो

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.