सभा, सम्मेलन र जुलुस नगर्न काठमाडौं प्रशासनको आग्रह

१९ साउन, काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको स्वास्थ्य मापदण्डविपरीत भीडभाड र धर्ना, जुलुस, नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

Advertisement

उनले निषेधाज्ञाकै अवधिमा उपत्यकामा भीडभाड हुने क्रियाकलाप गर्दा संक्रमण वृद्धि भएकोले त्यसो नगर्न सचेत गराएका हुन् । सुचनामा भनिएको छ,–‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठीर्, यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालाना नगर्ने,ु सूचनामा भनिएको छ,ुमास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधिहरु नगर्नरनगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’

निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेरगराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी पनि सूचनामार्फत दिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top